ग्लोबल

Tata MotorsTata Motors

प्रवासी नेपालीको पीडा खोज्दै बेलायती विश्वविद्यालय

बेलायतकाे ससेक्स विश्वविद्यालय


प्रजय शुक्ल
लण्डन, असार ३१

विदेशिएका नेपालीहरुकाे जनजीवनमा आधारित साहित्यिक कृतिहरु मुनामदन गीति कथा, बसाइ उपन्यास, चर्चित नेपाली गीत साइलीलगायत थुप्रै रचनाहरुको संकलन र विश्लेषण गर्ने कार्य सो अनुसन्धानले सुरु गरिसकेको छ।

बेलायतको ससेक्स विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालय र ग्रिन तारा नेपालसँग सहकार्य गर्दै खाडी मुलुकहरुमा कार्यरत नेपाली कामदारहरुको जनस्वास्थ्यबारे हालै नयाँ शैलीको अनुसन्धान सुरु गरेको छ। विदेशिएका नेपालीहरुले भोगेका शारीरिक, मानसिक र सामाजिक समस्याहरुलाई नेपाली साहित्य एवं गीत, संगीतले कसरी चित्रण गरेको छ भनेर विश्वविद्यालयले अनुसन्धान सुरू गरेकाे हाे। 

यिनै साहित्यिक स्रोतहरुले उजागर गरेका विषयवस्तुमा आधारित रहेर स्वास्थ्यसम्बन्धी जनचेतना जगाउन सो अनुुसन्धान केन्द्रित रहने उक्त कार्यमा संलग्न अनुसन्धानकर्मीहरु बताउँछन्। विदेशिएका नेपालीहरुकाे जनजीवनमा आधारित साहित्यिक कृतिहरु मुनामदन गीति कथा, बसाइ उपन्यास, चर्चित नेपाली गीत साइलीलगायत थुप्रै रचनाहरुको संकलन र विश्लेषण गर्ने कार्य सो अनुसन्धानले सुरु गरिसकेको छ। यी कृतिहरुमा पोखिएका भावहरुलाई समेट्दै नौलो प्रकारले स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने लक्ष्य यसले राखेको छ।

विगत केही दशकदेखि कामका लागि खाडी मुलुकमा जाने नेपालीहरुको संख्या निकै बढेको छ। नेपालीहरुले खाडीमा भोग्ने गरेका हृदयविदारक कथाहरु हामीले बेलाबेलामा सुन्ने र पढेने गरेका छौँ। खाडीमा भोग्नुपरेका चरम कष्टकर जीवन र जोखिमपूर्ण कामहरुका कारण थुप्रै नेपालीहरु दुर्घटनामा परेर अङ्गभङ्ग भएका छन् त कति शारीरिक र मानसिक रोगका शिकार भएका छन्। यतिमात्र होइन, हरेक दिन ती मुलुकहरुमा जीवन गुमाएका नेपालीहरुका लास त्रिभुवन विमानस्थलबाट काठका बाकसमा देश भित्रिने गर्छन्।

prabasi nepali 22

तर पनि आफ्नो ज्यान जोखिममा राखेर हरेक दिन हजारौँ नेपालीहरु खाडी मुलुकहरुमा काम गर्न जाने गर्छन्। दक्षिण एसियाली मुलुकहरुमध्ये नेपाल अहिले वैदेशिक रोजगारीका लागि ठूलो संख्यामा कामदार पठाउने देश भएको श्रम तथा रोजगार मन्त्रालयले जारी गरेको रिपोर्टमा उल्लेख छ। उक्त रिपोर्टका अनुसार सन् आर्थिक वर्ष २०१५/०१६ देखि २०१६/०१७ मा मात्रै सात लाख ८६ हजार पाँच सय ६४ नेपालीहरु कामको लागि विदेश जान प्रवेशाज्ञा जारी गरिएको थियो। रिपोर्टका अनुसार करिब ३५ लाख नेपालीहरु हाल विदेशमा कार्यरत छन्। तीमध्ये ८६ प्रतिशत कामदारहरु खाडी मुलुक र मलेसियामा रहेका छन्।

विदेशिएका यिनै नेपालीहरुबारे सुरु गरिएको अनुसन्धान परियोजनालाई नेतृत्व गर्दै आएकी बेलायतको ससेक्स विश्वविद्यालयकी लेक्चरर डा. प्रियंवदा पौड्यालले साहित्य, कला, गीत/संगीतले मानिसको सोचमा परिवर्तन ल्याउन सक्ने र उनीहरुलाई चेतनशील बनाउन सक्ने बताउँछिन्। पौड्याल भन्छिन्, ‘मानिसलाई कुनै कुरा खराब छ भन्दा उनीहरुले त्यसलाई गम्भीर एवं सकारात्मक रुपमा लिँदैनन्, तर साहित्य, कला र गीत÷संगीतले सुन्दर एवं कोमल ढंगले तिनलाई हृदयको गहिराइसम्म पुर्‍याउँछ अनि तिनको सकारात्मक समाधानको दिशातिर उत्प्रेरित गर्ने भूमिका पनि निर्वाह गर्दछ ।’ यसबारे अझ स्पष्ट पार्दै उनी भन्छिन्, ‘कुनै कुरा सीधा भाषामा भन्नुभन्दा कथात्मक शैलीबाट अभिव्यक्त गर्दा त्यसले मान्छेको मनमस्तिष्कमा गहिरो तथा दीर्घकालीन प्रभाव पार्छ।’ विदेशमा यस प्रकारका थुप्रै अनुसन्धान भइसके पनि नेपालको लागि यो नौलो प्रयोग हुने प्रियंवदाको कथन छ।

गत महिना जर्मनीको पब्लिक ब्रोडकास्टर डब्ल्यूडीआरले देखाएको वृत्तचित्रअनुसार कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलको लागि निर्माणाधीन रंगशालाको निर्माणको क्रममा मात्रै १ हजार ४ सय नेपाली कामदारहरुको ज्यान गइसकेको छ। सो खोजमूलक वृत्तचित्रले नेपाली कामदारहरु न्यूनतम मानवीय आवश्यकताबाट पनि वञ्चित भई एउटै क्याम्पभित्र खचाखच गरी बस्न बाध्य भएको र खतरापूर्ण जीवन बिताइरहेको कुरा पनि उजागर गरेको थियो। यो वृत्तचित्र हेर्दा जो कोही मानिसको हृदय द्रवित हुन पुग्छ। इन्टरनेशनल ट्रेड युनियन कन्फिडिरेसनले सन् २०१४ मा सार्वजनिक गरेको रिपोर्टअनुसार कतारमा हुने विश्वकपका लागि आवश्यक ती रंगशालाहरु निर्माण सम्पन्न भइसक्दा कम्तीमा चार हजार नेपाली कामदारहरुको ज्यान जानसक्ने आँकडा प्रस्तुत गरेको छ।

यिनै विदेशिएका नेपालीहरुको दुःख र पीडालाई नेपाली साहित्यले कसरी समेटेको छ भनेर खोजी गर्ने दिशातिर यो अनुसन्धान एउटा महत्वपूर्ण कदम हुने त्रिभुवन विश्वविद्यालयका अंग्रेजी विभागका प्राध्यापक डा. जीवलाल सापकोटा बताउँछन्। उनी भन्छन्, ‘यस अनुसन्धानले प्राज्ञ एवं लेखकहरुलाई यस विषयमा कलम चलाउन थप उत्प्रेरित गर्नेछ।’ यो अनुसन्धानका सल्लाहकार बेलायतको लिभरपुल जोनमोर विश्वविद्यालयका डीन डा.पद्म सिम्खडा जनस्वास्थ्यको सुधारका लागि विभिन्न प्रयासहरु भइरहे पनि अनुसन्धानले साहित्य र कलाजस्ता सृजनाहरुले उठाएका सन्देशहरुको माध्यमबाट अध्ययन गर्ने प्रयत्न गरेको बताउँछन्। उनी भन्छन्, ‘यो अवश्य नै एक नौलो तथा महत्वपूर्ण उपलब्धि हुनेछ। यस्ता खोजमूलक अनुसन्धानले आप्रवासीसम्बन्धी नीतिनिर्माणमा सरकारलाई सहयोग पुर्‍याउनेछ।’ 

यस्तै सो परियोजनाका वरिष्ठ अनुसन्धानकर्ता डा. शारदा प्रसाद वस्ती नेपालीहरुले खाडी मुलुकमा भोगेका विभिन्न कहाली लाग्दा घटनाहरु छापामा आए पनि बाहिर जाने संख्यामा खासै कमी नआएको बताउँछन्। वस्तीका अनुसार यो खोजमूलक कार्यले भविष्यमा वैदेशिक रोजगारीसँग सम्बन्धित स्वास्थ्य समस्याहरुबारे जनचेतना जगाउन सहयोग गर्नेछ। बेलायतका विभिन्न विश्वविद्यालयहरुले नेपाली आप्रवासीहरुको सम्बन्धमा थुप्रै अनुसन्धान गर्दै आएका छन्। सरकारी नीतिनिर्माणमा यस्ता सत्यतथ्यमा आधारित अनुसन्धानलाई समेट्नसके ती समस्यालाई सम्बोधन गर्न सकिने विचार अनुसन्धानकर्ताहरुको छ।

असार ३१, २०७६, मंगलबार

प्रजय शुक्ल लण्डनस्थित नेपालखबर विशेष प्रतिनिधि हुन्
लेखकबाट थप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors