गैरआवासीय नेपाली संघ नाइजेरियाको अध्यक्षमा रोशन थापा निर्वाचित भएका छन्। नाइजेरियाकाे लेगोसमा आइतबार सम्पन्न सातौँ वार्षिक साधारणसभाले सन् २०१९-२०२१ का लागि थापाको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्य समितिको गठन गरेको छ।
साधारणसभाले सन २००१९-२१ का लागि आइसीसी सदस्यमा विश्वास पौडेललाइ चयन गरेको छ। त्यसैगरी उपाध्यक्षमा वीरेन्द्र गुप्ता, उर्मिला रोका, सुशील गिरी महासचिवमा अभिषेकमान सिंह, सचिवमा रोहित भाङ्गर, सोमेश अर्याल, कोषाध्यक्षमा रमेश गुप्ता, सह-कोषाध्यक्षमा सागर उप्रेती र सदस्यहरुमा उत्तम पौडेल, राजु धिताल, इन्द्र टन्डन, विष्णु गिरी र लक्ष्मी गुरुङ निर्वाचित भएका छन्। कार्यसमितिको महिला संयोजकमा सावित्री गुप्ता र युवा संयोजकमा फिरोज आलम निर्वाचित भएका छन्।
त्यसैगरी सल्लाहकारमा हिक्मत थापा, चिरञ्जीवी रोका, विदुर घिमिरे, सञ्जय थापा र शंकर बर्मा चयन भएका छन्। साधारण सभाले संघको छैठौं नेपाल परियोजना तत्काल नेपालको प्रदेश नम्बर ५ मा सञ्चालन गर्ने र नेपाली सांस्कृतिक कार्यक्रमको तेस्राे शृङ्खला लेगोसमा आयोजना गर्ने निर्णय गरेको छ।
वार्षिक साधारणसभालाई सम्बोधन गर्दै एनआरएनए अन्तर्राष्ट्रिय कार्यसमितिका कोषाध्यक्ष हिक्मत थापाले सन् २००८ मा स्थापना भएदेखि एनआरएनए नाइजेरिया एनआरएनए अभियानको मुख्य हिस्साको रुपमा आफूलाई स्थापित गराएको बताए। उनले एनआरएनएका सबै परियोजना र नेपालका सबै राहत सहयोग अभियानमा सक्रिय रहेकोमा गर्व गरे।
त्यसैगरी साधारणसभामा आईसीसी महिला उपसंयोजक मन थापा, आईसीसी सदस्य चिरञ्जीवी रोका, अफ्रिकाका पूर्वउपसंयोजक विदुर घिमिरे, उपाध्यक्ष वीरेन्द्र गुप्ताले सम्बोधन गरेका थिए।
प्रतिक्रिया