कतारको विदेश मन्त्रालयले राजधानी दोहानजिकै जलक्षेत्रमा एउटा मालवाहक जहाजमा भएको आक्रमणको निन्दा गरेको छ।
कतारको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आइतबार बिहान मेसाइद बन्दरगाहको उत्तरपूर्वमा कतारी जलक्षेत्रमा यात्रा गरिरहेको मालवाहक जहाजमा गरिएको ड्रोन आक्रमणको कडा निन्दा गर्छौँ।’
विज्ञप्तिमा थप भनिएको छ, ‘आक्रमणबाट जहाजमा सामान्य आगलागी भएको छ, यद्यपि कोही घाइते भएको रिपोर्ट आएको छैन।’
कतारको विदेश मन्त्रालयले आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन भन्दै यो खतरनाक र तनाव बढाउने काम भएको टिप्पणी गरेको छ।
यसअघि इरानले कतारनजिकै अमेरिकी मालवाहक जहाजमा हमला गरिएको बताएको थियो।
इरानका समाचार एजेन्सी फार्स र सरकारी सञ्चारमाध्यमले हमलामा परेको जहाज अमेरिकाकै स्वामित्वमा रहेको र अमेरिकी झन्डा रहेको दाबी गरेका छन्।
Shares

प्रतिक्रिया