रोजगारी खोज्दै धर्मराज भण्डारी रुपन्देहीबाट युरोप पुगे, पोर्चुगलमा संघर्ष गरे। तिलोत्तमा–१ का उनको नाम अहिले पोर्चुगल र युरोपबासी नेपालीबीच चर्चित बनेको छ। उनी पेशाले मेकानिक हुन्। पोर्चुगलमा उनले त्योभन्दा केही फरक काम गरेका छन्।
एक वर्षको कडा तालिम लिए, सफलतापूर्वक उत्तीर्ण भएपछि अब उनी बोम्बेइरो बन्न सफल भएको छन्। स्थानीय भाषमा बोम्बेइरो भनेको फायर फाइटर अर्थात् अग्नि नियन्त्रक भनेको हो।
तालिम उत्तीर्ण भएर फायर स्टेशनमा गएर काम सुरु गर्नुभन्दा अगाडि नियमअनुसार पहिला सपथ लिनुपर्छ। त्यो खुशीको क्षणमा श्रीमती र छोरा उपस्थित भएका थिए।

‘म आफ्नै समुदायलाई सहयोग गर्न चाहन्छु’, उनले भने।
धर्मराज काम गर्ने भनेको मोइता फायर स्टेशनमा हो। उनको नियुक्तिपछि सो फायर स्टेशनले खुशी व्यक्त गर्दै धारणा सार्वजनिक गरेको छ।
उसले भनेको छ, ‘केही आप्रवासीहरु केवल राम्रो जीवन खोज्न होइन, अरुको जीवन राम्रो बनाउन पनि आउँछन। धर्मराज ती मध्ये एक जना हुन्।’ रासस
Shares

प्रतिक्रिया