अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले होर्मुज स्ट्रेटमा इरानको एक मालवाहक (कार्गो) जहाज कब्जा गरेको भिडिओ सार्वजनिक गरेको छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार होर्मुज स्ट्रेट पार गर्ने प्रयास गरिरहेका बेला टोस्का नामको जहाज अमेरिकी नौसेनाले गोली हानेर नियन्त्रणमा लिएको हो।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज इरानी झन्डा बोकेको जहाज टोस्काले नौसेना नाकाबन्दी तोड्ने प्रयास गरेको थियो तर असफल भयो। यो जहाज ९०० फिट लामो र लगभग विमानवाहक जत्तिकै भारी छ।’
रोक्न चेतावनी दिँदा नमानेपछि अमेरिकी नौसेनाले आक्रमण गरेर जहाज नियन्त्रणमा लिएको ट्रम्पले उल्लेख गरेका छन्।
हेर्नुहोस् अमेरिकी केन्द्रीय कमान्डले जारी गरेको भिडिओ
— Donald J Trump Posts TruthSocial (@TruthTrumpPost) April 19, 2026JUST IN: 🇺🇸🇮🇷CENTCOM has released footage of the destroyer USS Spruance firing its main gun at the Iranian-flagged cargo vessel Touska as it attempted to break through the U.S. blockade. pic.twitter.com/ol6Lpq1sRf
यसैबिच इरानले अमेरिकाले युद्धविराम उल्लंघन गर्दै ओमानको खाडीमा आफ्नो व्यापारिक जहाजमा गोली हानेको बदला लिने चेतावनी दिएको छ।
तस्निम मिडियाका अनुसार इरानको त्यो जहाज चीनबाट इरानतर्फ आइरहेको थियो।
Shares

प्रतिक्रिया