अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान इरानका नौसेना र वायुसेनालाई ध्वस्त पारिएको दाबी गरेका छन्।
बीबीसीका अनुसार उनले अमेरिकी सेनाले केही घण्टामै इरानका नौसेना र वायुसेनालाई ध्वस्त पारेको दाबी गरेका हुन्।
ट्रम्पले भनेका छन्, ‘हामीले जित्यौँ। पहिलो घण्टामा सबै कुरा सकियो।’
उनले २ दिनमा इरानका ५८ जहाज ध्वस्त पारिएको दाबी पनि गरेका छन्।
राष्ट्रपति ट्रम्पले इरानविरुद्धको ‘अपरेसन एपिक फ्युरी’ले तेलको मूल्य उल्लेखनीय रूपमा घटाउने र विश्वलाई खतरा कम हुने दाबी पनि गरेका छन्।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता युद्ध जारी छ।
जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ।
यसैबिच अमेरिका-इजरायको आक्रमणबाट अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिस मारिएको र ८ हजार घर ध्वस्त भएको इरानले बताएको छ।
संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सइद इरावनीका अनुसार देशका ९ हजार ६०० वटा आवासीय क्षेत्रमा आक्रमण गरिएको छ। हमलामा घर, बजार, अस्पताल, चिकित्सा केन्द्र र विद्यालय परेका छन्।
यस्तै इरानले आफूले पनि इजरायलका हाइफा, जेरुसेलम र तेल अभिभमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ।
इरानको आक्रमणबाट अहिलेसम्म अमेरिकी सेनाका पनि ७ जनाको मृत्यु र १४० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
Shares

प्रतिक्रिया