ग्लोबल


मोदीसँग रवि र बालेनको फोन वार्ता: मिलेर काम गर्ने भारतको प्रतिबद्धता

मोदीसँग रवि र बालेनको फोन वार्ता: मिलेर काम गर्ने भारतको प्रतिबद्धता

नेपालखबर
फागुन २५, २०८२ सोमबार २१:३१, काठमाडौँ

रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन्। 

आफूले दुवै नेतालाई चुनावमा रास्वपाका विजयका लागि बधाई र नयाँ सरकार गठनका लागि शुभकामना दिएको मोदीले जनाएका छन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग न्यानो टेलिफोन वार्ता भयो,’ मोदीले एक्समा लेखेका छन्, ‘दुवै नेताहरूलाई उहाँहरूको चुनावी विजय र नेपालको चुनावमा रास्वपाको सानदार सफलताको लागि बधाई दिएँ। आपसी समृद्धि, प्रगति र कल्याणको लागि उहाँहरूसँग काम गर्ने भारतको प्रतिबद्धता व्यक्त गरेँ।’

‘मलाई विश्वास छ– हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्ध नयाँ उचाइमा पुग्नेछ,’ मोदीले थपेका छन्।

यसअघि मोदीले निर्वाचन सफलतापूर्वक र शान्तिपूर्ण समापन भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका थिए। 

चुनावकै दिन भारतीय विदेश मन्त्रालयले शान्तिपूर्ण मतदानको स्वागत गर्दै नयाँ सरकारसँग मिलेर काम गर्ने जनाएको थियो। 

नेपालका परम्परागत पार्टीहरूको भारतसँग निकट सम्बन्ध रहँदै आएको थियो। तर, यसपटकको चुनावपछि नयाँ राजनीतिक दलले प्रचण्ड बहुमत हासिल गरेको छ। यसपछि भारतसँगको सम्बन्ध नयाँ तरिकाले अगाडि बढ्नसक्ने कतिपयको आकलन छ।

नाकाबन्दीपछि नेपालमा भारतको प्रभाव खस्किएको विश्लेषण गर्ने प्राध्यापक ब्रह्मा चेलेनी रास्वपाको विजयले भारतलाई नयाँ मौका प्रदान गर्ने बताउँछन्।

‘नयाँ दिल्लीले बुद्धि पुर्‍याएर काम गर्‍यो भने नेपालको राजनीतिमा आएको यो मोडले भारतलाई काठमाडौँमा फेरि प्रभाव जमाउने अवसर पनि दिन सक्छ,’ उनले लेखेका छन्।
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad