ग्लोबल


टर्कीको दाबी: नेटोको एयर डिफेन्स सिस्टमले इरानी मिसाइल खसाल्यो

टर्कीको दाबी: नेटोको एयर डिफेन्स सिस्टमले इरानी मिसाइल खसाल्यो

सांकेतिक तस्बिर


नेपालखबर
फागुन २०, २०८२ बुधबार १९:५, काठमाडौँ

टर्कीको रक्षा मन्त्रालयले नेटोको हवाई प्रतिरक्षा प्रणाली (एयर डिफेन्स सिस्टम) ले इरानी क्षेप्यास्त्र खसालेको बताएको छ।

मन्त्रालयको दाबीअनुसार उक्त मिसाइल टर्कीको हवाई क्षेत्रतर्फ गइरहेको थियो।

रक्षा मन्त्रालयले विज्ञप्तिमा भनेको छ, 'मिसाइल इराकी र सिरियाली हवाई क्षेत्र हुँदै यात्रा गरिरहेको थियो र टर्कीको हवाई क्षेत्रनजिक आइरहेको थियो।'

टर्कीले अगाडि भनेको छ, 'हामी सबै पक्षलाई यस क्षेत्रमा द्वन्द्व बढाउन सक्ने कदम नचाल्न चेतावनी दिन्छौँ।'

टर्की नेटोको सदस्य हो।

यसअघि साउदी अरेबियाले पनि इरानले रास तनुरामा रहेको आफ्नो सबैभन्दा ठुलो तेल प्रशोधन केन्द्रमा आक्रमण गर्ने प्रयास गरेको दाबी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad