इरानी सञ्चारमाध्यमले सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका छोरा मोज्तबा खामेनी 'पूर्ण रूपमा स्वस्थ' रहेको दाबी गरेको छ।
बीबीसी फारसीका अनुसार, मेहर समाचार एजेन्सीले लेखेको छ, 'मोज्तबा खामेनी हाल सहिद भएका परिवारका सदस्यहरूसँग सम्बन्धित मामिला हेरिरहेका छन्। उनी तिनको व्यवस्थापन गरिरहेका छन्, परामर्श गरिरहेका छन् र महत्त्वपूर्ण राष्ट्रिय मुद्दाको समीक्षा गरिरहेका छन्।'
मोज्तबालाई केही वर्षदेखि आफ्ना बुबा अली खामेनीको सम्भावित उत्तराधिकारीका रूपमा हेरिएको छ।
गत शनिबार इजरायल-अमेरिकाको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनी मारिए। साथै उनको परिवारका अन्य धेरै सदस्य पनि मारिए। खामेनीकी श्रीमती पनि। सोमबार इरानी मिडियाले अली खामेनीकी श्रीमती मन्सुरेह खोजस्तेह बगरजादेहको मृत्युको पुष्टि गरेका हुन्। इजरायल-अमेरिकाको आक्रमणमा घाइते भएपछि उनी कोमामा थिइन्।
Shares

प्रतिक्रिया