अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ता गर्न इच्छुक रहेको दाबी गरेका छन्।
तर समय घर्किसकेको उनले सामाजिक सञ्जालमा लेखेका छन्।
ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, 'उसका वायु रक्षा, वायुसेना, नौसेना र नेतृत्व खत्तम भइसकेका छन्। ऊ (इरान) वार्ता गर्न चाहन्छ। तर मैले भनेँ- धेरै ढिला भइसक्यो।'
यसअघि पनि ट्रम्पले इरान अमेरिकासँग वार्ता गर्न चाहन्छ भन्ने दाबी गरेका थिए।
तर त्यतिबेला इरानका सुरक्षा प्रमुख अली लारिजानीले सामाजिक सञ्जाल प्लाटफर्म एक्समार्फत भनेका थिए, 'हामी संयुक्त राज्य अमेरिकासँग वार्ता गर्ने छैनौँ।'
गत शनिबारदेखि इजरायल र अमेरिकाले इरानमा हवाई हमला जारी राखेका छन्। पहिलो दिन उनीहरूले त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित झन्डै ४० जना शीर्ष नेता तथा अधिकारी मारिसकेका छन्।
जवाफमा इरानले पनि इजरायल तथा अमेरिकी सैन्य अखडा भएका खाडी मुलुकमा क्षेप्यास्त्र प्रहार गरिरहेको छ।
Shares

प्रतिक्रिया