ग्लोबल


इरानको सरकारी सञ्चारमाध्यमको दाबी: बहराइनमा अमेरिकी हवाई अड्डा ध्वस्त पारियो

इरानको सरकारी सञ्चारमाध्यमको दाबी: बहराइनमा अमेरिकी हवाई अड्डा ध्वस्त पारियो

बहराइनस्थित अमेरिकी नौसेना अड्डामा देखिएको धुवाँको मुस्लो।


नेपालखबर
फागुन १९, २०८२ मंगलबार ११:४४, काठमाडौँ

इरानले बहराइनस्थित अमेरिकी हवाई अड्डा (एयरबेस) मा हमला गरेको छ। 

इरानको रिभोलुसनरी गार्ड कोर्प्ससँग सम्बद्ध फार्स समाचार एजेन्सीले जारी गरेको भिडिओमा त्यहाँ रकेट प्रहार गरिएको देखिन्छ।

रिपोर्टमा गरिएको दाबीअनुसार ड्रोन र मिसाइल आक्रमणले बहराइनको शेख इसा क्षेत्रमा रहेको अमेरिकी हवाई अड्डामा रहेको कमान्ड र स्टाफ भवनलाई ध्वस्त पारेको छ र इन्धन ट्यांकी विस्फोट भएको छ।

यस विषयमा अमेरिकाबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

यसअघि बहराइनमा रहेको अमेरिकी नौसेना अड्डाबाट धुवाँ उडिरहेको देखिएको थियो।

अमेरिकाको विदेश मन्त्रालयले यसअघि नै बहराइनलगायत मध्यपूर्वका देशमा बसोबास गर्ने आफ्ना नागरिकलाई तुरुन्तै त्यहाँबाट बाहिरिन निर्देशन दिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad