ग्लोबल


कम्बोडिया र थाइल्यान्डबिच गोली हानाहान

कम्बोडिया र थाइल्यान्डबिच गोली हानाहान

नेपालखबर
फागुन १३, २०८२ बुधबार ५:४८, काठमाडौँ

छिमेकी राष्ट्र कम्बोडियाले डिसेम्बरको युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै मङ्गलबार कम्बोडियन सेनासँग सिमापार गोली हानाहान भएको थाइल्यान्डको सेनाले बताएको छ।

थाई सेनाले विज्ञप्ति जारी गर्दै कम्बोडियन सेनाले मङ्गलबार सीमावर्ती प्रान्त सिसाकेटको थाई गस्ती नजिकै 'एकल-४०-एमएम ग्रेनेड राउन्ड फायर' गरेको जनाएको छ।

सेनाका आुसार गोली हानाहानमा कुनै थाई कर्मचारी घाइते भएका छैनन्।

घटनापछि थाई सेनाले चेतावनीको रूपमा र आत्मरक्षाका लागि, एम–७९ (ग्रेनेड लन्चर) फायर गरेको जनाएको छ।

सेनाका प्रवक्ता विन्थाई सुवारीले विज्ञप्ति मार्फत कम्बोडियाको यस्तो कार्यहरूले युद्धविराम सम्झौताको उल्लंघन गरेको जनाएका छन्।

प्रारम्भिक मूल्याङ्कनले घटना कम्बोडियन सेनाका नयाँ कर्मचारीहरूले नियम र कमान्ड नियन्त्रणसँग परिचित नभएको कारण परिचालनमा भएका कमजोरीहरू स्वरुप विस्पोट निम्त्याएको हुन सक्ने विज्ञप्तिमा उल्लेख छ।

कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले उक्त घटनाको बारेमा एएफपीको प्रश्नको जवाफ दिन अस्वीकार गरेको एएफपीले जनाएको छ।

दुइै टिमेकी देशहरूको शताब्दी पुरानो सीमा द्वन्द्व उनीहरूको सिमानाको फ्रान्सेली औपनिवेशिक युगको सीमांकनको विवादबाट उत्पन्न भएको जनाइएको छ।

लामो समय देखि चलेको विवादले धेरै चरणको झडपमा परिणत भयो, जसमा सैनिक र नागरिकसहित दर्जनौँ मानिसहरूले ज्यान गुमाएका छन् भने दस लाखभन्दा बढी विस्थापित भएको जनाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad