ग्लोबल


बीएलएको दाबी: ७ जना पाकिस्तानी सैनिक हाम्रो हिरासतमा

बीएलएको दाबी: ७ जना पाकिस्तानी सैनिक हाम्रो हिरासतमा

पाकिस्तानी सैनिकहरूलाई पक्राउ गरिएको यो भनेर यो तस्बिर।/भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।


नेपालखबर
फागुन ४, २०८२ सोमबार ७:६, काठमाडौँ

पाकिस्तानको बलुचिस्तान प्रान्तमा सक्रिय सशस्त्र विद्रोही संगठन बलुचिस्तान लिबरेसन आर्मी (बीएलए) ले  ७ जना पाकिस्तानी सैनिकलाई आफ्नो हिरासतमा राखिएको दाबी गरेको छ। 

आयइतबार जम्मा १७ जना पाकिस्तानी सैनिकलाई नियन्त्रणमा लिइएको तर तीमध्ये १० जनालाई रिहा गरी बाँकीलाई जेलमा राखिएको दाबी बीएलएले गरेको हो।

पाकिस्तान सरकारलाई एक हप्ताभित्र आफ्ना बलुच लडाकुहरूलाई रिहा गर्न समय दिँदै यो माग पूरा भए मात्र हिरासतमा राखिएका पाकिस्तानी छाडिने चेतावनी बीएलएले दिएको छ। 

बीएलएका प्रवक्ता जियान्ड बलोचको नाममा जारी विज्ञप्तिमा भनिएको छ, ‘रिहा गरिएका १० जना बलुच थिए र स्थानीय प्रहरीसँग सम्बन्धित थिए। उनीहरूलाई चेतावनीसहित रिहा गरिएको छ।’

यस विषयमा पाकिस्तानी सेना वा सरकारबाट भने तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

बलुचिस्तान स्वतन्त्रताको लडाइँ

बलुच लिबरेसन आर्मी (बीएलए) पाकिस्तानको बलुचिस्तान प्रान्तको छुट्टै अस्तित्व अर्थात् स्वतन्त्रताका लागि लडिरहेको सशस्त्र विद्रोहो संगठन हो। यो २००० को दशकको सुरुमा स्थापना भएको थियो र धेरै देशले यसलाई आतंकवादी संगठनको सूचीमा राखेका छन्।

बीएलएले बलुचिस्तानको प्राकृतिक स्रोतको दोहन भइरहेको र बलुच जनताको अधिकार खोसिएको दाबी गरेको छ। यो संगठनले पाकिस्तानी सेना, सरकार र केन्द्रीय आर्थिक आकस्मिक योजना (सीपीईसी) जस्ता चिनियाँ परियोजनालाई निसाना बनाइरहेको छ।

बीएलए छापामार शैलीको युद्धका लागि परिचित छ अर्थात् पहाडी भूभागमा लुकेर सेनालाई आक्रमण गर्ने र त्यसपछि तुरुन्तै पछि हट्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad