ग्लोबल


अमेरिका : १६ वर्षीय किशोरसँग यौन सम्पर्क गरेको आरोपमा ४३ वर्षकी महिला पक्राउ

अमेरिका : १६ वर्षीय किशोरसँग यौन सम्पर्क गरेको आरोपमा ४३ वर्षकी महिला पक्राउ

मेरी इबारा


नेपालखबर
पुस २५, २०८२ शुक्रबार ७:४२, काठमाडौँ

अमेरिकाको फ्लोरिडामा १६ वर्षीय किशोरसँग यौन सम्पर्क गरेको आरोपमा ४३ वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार गिरफ्तार गरिएकी ती महिलाको नाम मेरी इबारा हो। 

घटना गत डिसेम्बरमा खुलासा भएको थियो।

जब किशोकी आमाले उसको मोबाइल फोन हेरिन्, तब उनले भिडिओमा आफ्ना छोरासँग यौन क्रियाकलाप गरिरहेको अवस्थामा चिनजानकै इबारालाई देखिन्। 

यसपछि प्रहरीले अनुसन्धान थाल्यो। किशोरको मोबाइलमा थप भिडिओ भेटियो। जसमा ती महिलाको अनुहार स्पष्ट देखियो।

सबैभन्दा पुरानो भिडिओ डिसेम्बर ४ रातिको थियो। किशोरले पनि प्रहरीलाई भिडिओको केटा आफू नै भएको बतायो।

यसपछि प्रहरीले इबारालाई सोधपुछ गर्‍यो। तर उनले घटना अस्वीकार गरिन् र धेरै बोल्न चाहिनन्। 

अनि प्रहरीले उनलाई यही जनवरी ५ मा गिरफ्तार गरेको हो। उनीविरुद्ध एक नाबालिगसँग गैरकानुनी यौन सम्बन्ध गरेको आरोपमा अनुसन्धान भइरहेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad