ग्लोबल


रुसको आक्रमणले युक्रेनका लाखौँ घरमा अन्धकार

रुसको आक्रमणले युक्रेनका लाखौँ घरमा अन्धकार

रुसको आक्रमणले युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रमा ऊर्जा पूर्वाधारमा ठुलो क्षति भएको छ।


नेपालखबर
पुस २५, २०८२ शुक्रबार ५:३९, काठमाडौँ

युक्रेनका उपप्रधानमन्त्री ओलेक्सी कुलेबाले रुसले गरेको ड्रोन आक्रमणका कारण बिजुली अवरुद्ध हुँदा निप्रोपेट्रोभस्क क्षेत्रका १० लाखभन्दा बढी मानिस समस्यामा परेको बताएका छन्। 

कुलेबाका अनुसार रुसको हमलाले दक्षिणपूर्वी क्षेत्रको पूर्वाधारमा ठुलो मात्रामा क्षति पुर्‍याएको छ। छिमेकी जापोरिजियाका समेत हजारौँ मानिस विद्युत् सेवाबाट वञ्चित भएका थिए। तर अहिले बिजुली जडान भइसकेको छ।

बीबीसीका अनुसार रुसले हालैका दिनमा युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारेको छ। यसको उद्देश्य कडा जाडोमा बिजुली आपूर्ति अवरुद्ध गर्नु रहेको बताइएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणविरुद्ध सहयोग गर्न पश्चिमी देशहरूलाई अपिल गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad