ग्लोबल


अमेरिकामा अध्यागमन अधिकारीले गोली हानेर महिला मारेपछि विरोध प्रदर्शन

अमेरिकामा अध्यागमन अधिकारीले गोली हानेर महिला मारेपछि विरोध प्रदर्शन

अध्यागमन अधिकारिको गोलीबाट मारिएकी रेनी निकोल गुड


नेपालखबर
पुस २५, २०८२ शुक्रबार ५:५२, काठमाडौँ

अमेरिकाको मिनियापोलिसमा अमेरिकी अध्यागमन अधिकारीले गोली हानेर एक महिलाको हत्या गरेपछि विरोध प्रदर्शन सुरु भएको छ। 

महिलाको हत्यापछि विरोधमा उत्रिएका मानिस।

स्थानीय समयअनुसार गत बुधबार बिहान १०:२५ बजेतिर अध्यागमन अधिकारीले गोली चलाउँदा ३७ वर्षीया अमेरिकी नागरिक रेनी निकोल गुडको मृत्यु भएको हो।

घटनाको भिडिओ फुटेजमा अध्यागन अधिकारीहरू सडकबिचमा रहेको कारनजिक आइरहेको देखिन्छ। अनि कार अगाडि बढ्न खोज्दा एक अधिकारीले चालकलाई बन्दुक तेर्स्याउँछ र त्यसपछि गोली चलेको आवाज सुनिन्छ।

अमेरिकाका गृह सुरक्षा सचिव क्रिस्टी नोएमले भने कारले ठोकाउन खोजेपछि आत्मरक्षाका लागि अध्यागमन अधिकारी गोली चलाउन बाध्य भएको दाबी गरेकी छन्।

ह्वाइट हाउसले अवैध आप्रवासनविरुद्ध कारबाहीका लागि मिनेसोटा राज्यको मिनियापोलिसमा सयौँको संख्यामा अध्यागमन अधिकारी खटाएको छ।

महिलाको हत्यापछि मिनियापोलिसका डेमोक्र्याटिक मेयर ज्याकब फ्रेले अध्यागमन अधिकारीहरूलाई सहर छाड्न आग्रह गरेका छन्।

तर गृह सुरक्षा सचिव क्रिस्टी नोएमले भने मिनियापोलिसमा कारबाही जारी रहने बताएकी छन्। घटनाबारे अमेरिकाको सुरक्षा एजेन्सी एफबीआईले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad