थाइल्यान्डले कम्बोडियाको सहर पोइपेट नजिकैको रसद केन्द्र (लजिस्टिक्स सेन्टर) मा बम विस्फोट गराइएको बताएको छ।
पोइपेट एक प्रमुख क्यासिनो हबका रूपमा चिनिन्छ र दुई देशबीचको मुख्य भूमि मार्ग हो।
कम्बोडियाली रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरी थाई सेनाले बिहीबार पोइपेट नगरपालिका क्षेत्रमा दुई बम खसालेको बताएको हो।
बीबीसीका अनुसार थाई वायु सेनाका प्रवक्ता एयर मार्सल ज्याकक्रिट थम्मविचाईले भने, ‘थाई सेनाले पोइपेट बाहिरको एक पूर्वाधारमा आक्रमण गर्यो, जहाँ बीएम-२१ रकेट भण्डारण गरिएको थियो र कुनै पनि नागरिकलाई हानि पुगेको छैन।’
अधिकारीहरूका अनुसार यस महिनादेखि लडाइँ पुनः सुरु भएदेखि थाइल्यान्डमा कम्तीमा २१ जना र कम्बोडियामा १७ जनाको मारिएका छन्।
द्वन्द्वले झन्डै ८ लाख मानिसलाई आफ्नो घरबाट विस्थापित हुन बाध्य पारेको छ।
Shares

प्रतिक्रिया