अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न आफ्नो देशले गरेको प्रयासका लागि युक्रेनले एकपटक पनि 'धन्यवाद' नभनेको गुनासो गरेका छन्।
उनले सामाजिक सञ्जाल साइट ट्रुथ सोशलमा लेखेका छन्, 'युक्रेनको नेतृत्वले हाम्रो प्रयासका लागि एकपटक पनि धन्यवाद दिएको छैन र युरोप अझै पनि रुसबाट तेल किनिरहेको छ।'
ट्रम्पले अगाडि लेखेका छन्, 'मैले यस्तो युद्ध विरासतमा पाएको छु, जुन कहिल्यै हुनुहुँदैनथ्यो। यो युद्ध सबैका लागि हानिकारक छ, विशेषगरी अनाहकमा ज्यान गुमाइरहेका लाखौँ मानिसहरूका लागि।'
ट्रम्पले यो पोस्ट अमेरिका, युक्रेन र यसका युरोपेली सहयोगीहरूका प्रतिनिधिमण्डलहरूले रुस-युक्रेन युद्धको बारेमा जेनेभामा वार्ता गरिरहेका बेला गरेका हुन्।
135
Shares

प्रतिक्रिया