ग्लोबल


दुबईमा यसरी खस्यो भारतको लडाकु विमान (भिडिओ)

दुबईमा यसरी खस्यो भारतको लडाकु विमान (भिडिओ)

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार २०:२८, काठमाडौँ

संयुक्त अरब इमिरेट्समा आयोजित दुबई एयर सोमा प्रदर्शनका क्रममा शुक्रबार भारतको तेजस लडाकु विमान दुर्घटना भएको छ।

भारतीय वायुसेनाले दुबई एयर सोमा तेजस विमान दुर्घटना भएको पुष्टि गरेको छ।

वायुसेनाले दुर्घटनामा पाइलटको मृत्यु भएको बताएको छ।

अल मकतुम विमानस्थलमा जारी एयर सोमा डेमो उडानका क्रममा भारतीय लडाकु विमान दुर्घटना भएको हो।

एपी समाचार एजेन्सीका अनुसार दुर्घटना शुक्रबार भारतीय समय दिउँसो ३:४० बजे भएको हो।

दुर्घटनाग्रस्त हुँदा विमानमा आगो लागेको थियो र विमानस्थलमाथि कालो धुवाँको मुस्लो देखिएको थियो।

वायुसेनाले दुर्घटनामा पाइलटको मृत्यु भएको बताएको छ। दुर्घटनाको कारण अनुसन्धान गर्न आदेश दिइएको छ।

भारतीय वायुसेनाको तेजस जेट दुर्घटना भएको यो दोस्रोपटक हो। यसअघि २०२४ मा राजस्थानको पोखरणमा युद्धाभ्यासका क्रममा इन्जिन फेल भएका कारण तेजस विमान दुर्घटना भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad