ग्लोबल


दिल्ली विस्फोट: सबैभन्दा नजिकको सीसीटीभी फुटेज सार्वजनिक, भारतद्वारा आतंकवादी हमला घोषणा

दिल्ली विस्फोट: सबैभन्दा नजिकको सीसीटीभी फुटेज सार्वजनिक, भारतद्वारा आतंकवादी हमला घोषणा

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार ५:३८, काठमाडौँ

दिल्ली विस्फोटको सबैभन्दा नजिकको सीसीटीभी फुटेज सार्वजनिक भएको छ।

१० सेकेन्डको भिडिओमा लालकिल्ला मेट्रो स्टेसनको रातो बत्तीमा पार्क गरिएका २० भन्दा बढी सवारीसाधन छन्। सिग्नल लगभग ६:५१ बजे हरियो हुन्छ। सवारीसाधनहरू अगाडि बढ्दै जाँदा रिक्सालाई पछ्याउँदै आएको आई२० कार विस्फोट हुन्छ।

शक्तिशाली विस्फोटले वरपरका अधिकांश सवारीसाधनहरू ध्वस्त हुन्छन्। बाइकमा सवारहरू भुइँमा लड्छन्। मानिसहरू आफ्ना सवारीसाधनबाट बाहिर निस्केर दौडिरहेका देखिन्छन्। घटनास्थलमा भागदौड मच्चिन्छ।

यसैबीच केन्द्र सरकारले दिल्ली कार विस्फोटलाई आतंकवादी हमला घोषणा गरेको छ।

बुधबार केन्द्रीय मन्त्रिपरिषद्को बैठकमा लालकिल्ला नजिकै भएको आतंकवादी हमलाबारे प्रस्ताव पारित गरिएको हो।

केन्द्रीय मन्त्री अश्विनी वैष्णवले भने, "देशले एक जघन्य आतंकवादी घटना ठानेको छ। यो राष्ट्रविरोधी शक्तिले गरेको हो। अनुसन्धान एजेन्सीहरूलाई कारबाही गर्न निर्देशन दिइएको छ।"

यसैबीच दिल्ली विस्फोटमा रातो इको स्पोर्ट्स कारको संलग्नता पनि प्रहरीले पत्ता लगाएको छ।

बुधबार पाँच टोलीले झन्डै १० घण्टा गरेको अनुसन्धानपछि कार (डीएल१०-सीके-०४५८) हरियाणाको खण्डावली गाउँमा बेवारिसे अवस्थामा फेला पारेको हो। यो कार विस्फोटका मुख्य अभियुक्त उमर नबीको नाममा दर्ता पाइएको छ। हाल एफएसएल र एनएसजी टोलीहरूले कारबारे अनुसन्धान गरिरहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad