ग्लोबल


केन्टकी दुर्घटनापछि अमेरिकी कम्पनीले रोके कार्गो विमान उडान

केन्टकी दुर्घटनापछि अमेरिकी कम्पनीले रोके कार्गो विमान उडान

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार ६:२०, काठमाडौँ

केन्टकीमा भएको विमान दुर्घटनापछि अमेरिकी डेलिभरी कम्पनीहरू यूपीएस र फेडएक्सले आफ्ना केही कार्गो विमानको उडान अस्थायी रूपमा रोकेका छन्।

मंगलबार अमेरिकी राज्य केन्टकीमा यूपीएस विमान दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको थियो।

उडान भर्ने क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएर नजिकैका भवनमा ठोकिएको थियोे र आगो लागेेको थियो।

दुर्घटनाले धेरै भवन ध्वस्त भए भने लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपरेको थियो।

यूपीएसले एमडी-११ विमान सञ्चालन रोक्ने निर्णय विमान निर्माता बोइङको निर्देशन पछि गरिएको बताएको छ।

यूपीएसको प्रतिद्वन्द्वी फेडएक्सले पनि यस्तै कारबाही गरेको पुष्टि गरेको छ।

अधिकारीहरूले घातक दुर्घटनाको कारण अझै खुलासा गरेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad