ग्लोबल


भारत र अमेरिकाबीच रक्षा सम्झौता

भारत र अमेरिकाबीच रक्षा सम्झौता

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार १८:२, काठमाडौँ

भारत र अमेरिकाबीच रक्षा सम्झौता भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकाका रक्षामन्त्री  पिट हेगसेथले दुई देशबीचको प्रमुख रक्षा साझेदारीका लागि १० वर्षे फ्रेमवर्कमा हस्ताक्षर गरेका हुन्।

दुई मन्त्रीबीच मलेसियाको राजधानी क्वालालम्पुरमा सम्झौतामा हस्ताक्षर भएको हो।

भारतका रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सम्झौताबारे लेखेका छन्, 'यसले हाम्रो पहिले नै बलियो रक्षा साझेदारीमा नयाँ युगको सुरुवात गर्नेछ। रक्षा हाम्रो द्विपक्षीय सम्बन्धको प्रमुख स्तम्भ रहनेछ। स्वतन्त्र, खुला र नियममा आधारित इन्डो-प्यासिफिक क्षेत्र सुनिश्चित गर्न हाम्रो साझेदारी महत्त्वपूर्ण छ।'

सिंहका अनुसार यो रक्षा ढाँचाले भारत-अमेरिका रक्षा सम्बन्धका सबै पक्षका लागि नीति निर्देशन प्रदान गर्नेछ।

उनले यो साझेदारीलाई दुई देशबीचको नयाँ दशकको सुरुवातका रूपमा व्याख्या गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad