ad ad

ग्लोबल


लण्डनमा कोरोना संक्रमणबाट चार्टर्ड अकाउन्टेन्ट ध्रुवकुमार श्रेष्ठको निधन

लण्डनमा कोरोना संक्रमणबाट चार्टर्ड अकाउन्टेन्ट ध्रुवकुमार श्रेष्ठको निधन

प्रजय शुक्ल
बैशाख ७, २०७७ आइतबार १४:४,

लण्डनमा कोरोना भाइरस (केभिड– १९) संक्रमणबाट ४६ वर्षीय चार्टर्ड अकाउटेन्ट ध्रुवकुमार श्रेष्ठको निधन भएको छ। श्रेष्ठसहित बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या १८ पुगेको छ।

कोरोनाका कारण हरेक दिनजसो नेपालीको मृत्यु खबरले बेलायतबासी नेपाली दुःखी छन्।

पुर्ख्यौली घर पोखरा भएका श्रेष्ठ लामोसमयदेखि लण्डन बस्दै आएका थिए।

श्रेष्ठलाई सुरुमा ज्वरो आएको थियो। उच्च ज्वरो र खोकीसहित श्वास प्रश्वासमा समस्या भएपछि १० दिनअघि उनलाई सेन्ट थोमस अस्पताल लगिएको थियो। अस्पतालमा परीक्षण गर्दा उनलाई कोरोना पोजिटिभ देखिएको थियो। त्यसपछि उनको अस्पतालमै उपचार भइरहेको थियो।

शनिबार राति १२ बजे अस्पतालले परिवार सदस्यलाई सम्पर्क गरी उपचार क्रममा श्रेष्ठको मृत्यु भएको सूचना दिएको हो।

मधुमेहको सामान्य बिरामी रहेका श्रेष्ठ लण्डनमा आफ्नै अकाउन्टेन्सी फर्म सञ्चालन गर्दै आएका थिए।

लामो समयदेखि दक्षिण पूर्वी लण्डनमा बस्दै आएका उनका श्रीमती, दुई छोरी र एक छोरा छन्। उनका आमा र बुवा पनि अहिले बेलायत घुम्न आएकाले लण्डनमै छन्।

पासा पुच गुठी साउथ इस्ट लन्डनका सदस्य समेत रहेका श्रेष्ठप्रति सो गुठीले श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्व परिवारप्रति समवेदना प्रकट गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .