ग्लोबल


अमेरिकाको स्कुलमा गोली चल्दा ३ जनाको मृत्यु, २० घाइते

अमेरिकाको स्कुलमा गोली चल्दा ३ जनाको मृत्यु, २० घाइते

नेपालखबर
भदौ १२, २०८२ बिहिबार ६:२९, काठमाडौँ

अमेरिकाको मिनेसोटा राज्यको मुख्य सहर मिनियापोलिसस्थित स्कुलमा बुधबार गोली प्रहार हुँदा आक्रमणकारीसहित तीन जनाको मृत्यु भएको छ। 

सीबीएस न्युजका अनुसार गोली लागेर २० जना घाइते पनि भएको अधिकारीहरूले बताएका छन्। 

मिनेसोटाका गभर्नर टिम वाल्जले मिनियापोलिसको एननसिएसन क्याथोलिक स्कुलमा आक्रमण भएको बताए। उनले यसलाई 'भयानक हिंसा' भनेका छन्।

अधिकारीहरूका अनुसार, घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ। 

दुईजना संघीय अधिकारीले सीबीएसलाई बताएअनुसार सन्दिग्धले अर्धस्वचालित हतियारले गोली चलाएको थियो। आक्रमणकारी पनि मारिएका छन्।

रिपोर्टअनुसार, किन्डरगार्टनदेखि आठौँ कक्षासम्मका बालबालिका स्कुलमा प्रार्थना गरिरहेका बेला गोली हानिएको थियो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाबारे पूर्ण जानकारी दिइएको र 'ह्वाइट हाउसले यो भयानक अवस्थामा नजर राखिरहेको' बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad