ग्लोबल


कोलम्बियामा कार बम आक्रमण, ५ जनाको मृत्यु, ३६ व्यक्ति घाइते

आक्रमणकारीबारे जानकारी दिनेलाई ४० करोड डलर पुरस्कार घोषणा
कोलम्बियामा कार बम आक्रमण, ५ जनाको मृत्यु, ३६ व्यक्ति घाइते

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १०:२, काठमाडौँ

कोलम्बियाको क्याली सहरमा कार बम विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ३६ व्यक्ति घाइते भएका छन्। 

प्रहरीका अनुसार आक्रमण मार्को फिडेल सुआरेज सैन्य उड्डयन विद्यालयलाई लक्ष्य गरी गरिएको हो। 

विस्फोटका कारण नजिकैका धेरै भवनमा क्षति भएको छ।

क्यालीका मेयर अलेजान्ड्रो एडरले आक्रमणको निन्दा गर्दै आक्रमणकारीबारे जानकारी दिनेलाई ४० करोड डलर पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।

बम विस्फोटपछि उनले सुरक्षाका दृष्टिकोणले धेरै भवन र विद्यालय खाली गर्न आदेश दिएका छन् भने सहरमा ठूला ट्रक प्रवेशमा प्रतिबन्ध लगाएका छन्।

यसअघि बिहीबार उत्तरपश्चिमी सहर मेडेलिननजिकै ग्रामीण क्षेत्रमा प्रहरी हेलिकप्टरमा पनि हमला भएको थियो। जसमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad