पाकिस्तानको खैबर पख्तुनख्वामा बाढी र पहिरोका कारण ४८ घण्टामा कम्तीमा ३२४ जनाको मृत्यु भएको छ।
समाचार एजेन्सी एएफपीले शनिबार साँझ जनाएअनुसार भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी पछिल्लो ४८ घण्टामा ३२४ जनाको मृत्यु भएको हो।
कोही बाढी र पहिरोले भत्काएका संरचनामा पुरिए, कोही बाढीको पानीमा बगे।
खोजी र उद्धार अझै जारी छ।
15
Shares

प्रतिक्रिया