ग्लोबल


इजरायलद्वारा गाजामा भीषण बमबारी, पूरै सहर कब्जा गर्ने तयारी

इजरायलद्वारा गाजामा भीषण बमबारी, पूरै सहर कब्जा गर्ने तयारी

नेपालखबर
साउन २८, २०८२ बुधबार ५:३८, काठमाडौँ

हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले इजरायलले गाजामा भीषण हवाई आक्रमण गरेको बताएको छ।

बीबीसीका इजरायली सेनाले गाजा कब्जा गर्ने तयारी गरिरहेको छ। केही दिनअघि मात्र इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा नियन्त्रणमा लिने प्रस्तावन अनुमोदन गरेको छ। 

नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमुद बसलले जैतुन र साब्राको आवासीय क्षेत्रमा तीन दिनसम्म बम र ड्रोन आक्रमण भएको बताएका छन्। जसका कारण 'आम जनताको घरमा धेरै क्षति भएको छ।'

अर्कार्फ बेलायत, युरोपेली संघ, अस्ट्रेलिया, क्यानडा र जापानले एक विज्ञप्ति जारी गर्दै ‘हाम्रा आँखाअगाडि अनिकाल मडारिरहेको’ बताएका छन्।

उनीहरूले गाजामा भोकमरी रोक्नको लागि कदम चाल्न पनि अपिल गरेका छन्।

उनीहरूले गाजामा राहत सामग्री लान ‘तत्काल, स्थायी र ठोस कदम’ चाल्न माग गरेका छन्।

अर्कतर्फ, इजरायलले गाजामा भोकमरी नभएको दाबी गरेको छ।

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा १ हजार २०० भन्दा बढी मानिस मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइयो।

जवाफमा इजरायलले गाजामा गरेको हमलामा हालसम्म कम्तीमा ६१ हजार प्यालेस्टिनी मारिएका छन्।

गाजामा मृत्युको यो तथ्यांक हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयबाट आएको हो, जसलाई संयुक्त राष्ट्र संघले विश्वसनीय मान्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad