पाकिस्तानले इस्लामाबादमा रहेका भारतीय कूटनीतिज्ञहरूको घरमा ग्यास आपूर्ति बन्द गरेको छ। साथै स्थानीय ग्यास सिलिन्डर आपूर्तिकर्ताहरूलाई पनि भारतीय कूटनीतिज्ञहरूलाई सिलिन्डर नबेच्न निर्देशन दिइएको छ।
इन्डिया टुडेको रिपोर्टअनुसार, इस्लामाबादले मिनरल वाटर र अखबारको आपूर्ति पनि बन्द गरेको छ। भारतको अपरेसन सिन्दूरपछि पाकिस्तानले बदलास्वरूप उक्त कारबाही गरेको हो।
रिपोर्टअनुसार, यो कदम पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईको योजनाको एक हिस्सा हो।
प्रतिशोधात्मक कदमका रूपमा भारतले पनि दिल्लीमा रहेका पाकिस्तानी कूटनीतिज्ञहरूलाई अखबार पुर्याउन बन्द गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
162
Shares

प्रतिक्रिया