ग्लोबल


युक्रेनको जेलमा रुसले हान्यो बम, १७ कैदीको मृत्यु, ४२ घाइते

युक्रेनको जेलमा रुसले हान्यो बम, १७ कैदीको मृत्यु, ४२ घाइते

रुसको आक्रमणबाट ध्वस्त युक्रेनी जेल


नेपालखबर
साउन १३, २०८२ मंगलबार २०:२९, काठमाडौँ

दक्षिणपूर्वी युक्रेनको सीमावर्ती क्षेत्रमा अवस्थित जेलमा रुसले हवाई आक्रमण गर्दा १७ कैदीको मृत्यु र ४२ जना घाइते भएको युक्रेनी अधिकारीले बताएका छन्। 

क्षेत्रीय नेता इभान फेडेरोभले जापोरिजियामा रातभर भएको आक्रमणले नजिकैका घरहरूमा पनि क्षति पुगेको बताए।

यस अवधिमा रुसी सेनाले हवाई ग्लाइड बमसहित आठ आक्रमण गरेको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जेलमा 'जानाजानी गरिएको आक्रमण'को निन्दा गरेका छन्।

रुसले युक्रेनीहरूको हत्या गरेको आरोप लगाउादै उनले युद्धविराम धेरै पहिले नै लागू गर्न सकिन्थ्यो भनेका छन्। 

जापोरिजिया युक्रेनको चार पूर्वी क्षेत्रमध्ये एक हो।

रुसले २०२२ देखि यसलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ, यद्यपि यो क्षेत्र धेरै हदसम्म युक्रेनको नियन्त्रणमा छ।

युक्रेनको न्याय मन्त्रालयले जेलमा चारवटा बम विस्फोट भएको बताएको छ। यसले भोजन कक्ष, प्रशासनिक मुख्यालय र क्वारेन्टाइन क्षेत्र ध्वस्त पारेको छ।

मन्त्रालयले आक्रमणमा मारिएका र घाइते भएका सबै कैदी भएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad