ग्लोबल


न्युयोर्कमा अन्धाधुन्द गोली प्रहार, १ जनाको मृत्यु

न्युयोर्कमा अन्धाधुन्द गोली प्रहार, १ जनाको मृत्यु

घटनास्थल


नेपालखबर
साउन १३, २०८२ मंगलबार ७:३२, काठमाडौँ

अमेरिकाको न्युयोर्क सहरमा अन्धाधुन्द गोली प्रहार गरिँदा कम्तीमा एक जनाको मृत्यु भएको छ भने तीन व्यक्ति घाइते भएका छन्।

यो घटना न्युयोर्कको म्यानहट्टनस्थित एक भवनमा भएको हो। प्रहरीका अनुसार गोली हान्ने व्यक्ति एक जना मात्र थिए।

सीबीएस न्युजका अनुसार आक्रमणकारी पनि आफैँलाई गोली हानेर मरेका छन्। 

यद्यपि प्रहरीले उनको मृत्यु कसरी भयो भन्ने विषयमा अहिलेसम्म केही बताएको छैन।

घटनापछि त्यस क्षेत्रका सबै रेल रोकिएका छन्। चौबाटो वरपरका चारवटा ब्लक पनि सर्वसाधारणका लागि बन्द गरिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad