ग्लोबल


कम्बोडिया र थाइल्यान्डबीच युद्धविराम

कम्बोडिया र थाइल्यान्डबीच युद्धविराम

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराम गराउन मध्यस्थता गरे।


नेपालखबर
साउन १२, २०८२ सोमबार १९:१५, काठमाडौँ

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले कम्बोडिया र थाइल्यान्ड युद्धविराम गर्न सहमत भएको बताएका छन्।

उनले कम्बोडियाका प्रधानमन्त्री हुन मानेट र थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुम्थम भेचायचाई तत्काल युद्धविराम गर्न तयार रहेको भएको बताएका हुन्। 

आज उनकै मध्यस्थतामा मलेसियामा दुई देशका प्रधानमन्त्रीबीच युद्धविराम वार्ता भएको हो।

मलेसियाका प्रधानमन्त्री इब्राहिमले भनेका छन्, ‘थाइल्यान्ड र कम्बोडियाबीच सोमबार स्थानीय समयअनुसार मध्यरातबाट तत्काल र बिनासर्त युद्धविराम लागु हुनेछ।’

उनले थपे, ‘तनाव कम गर्ने र शान्ति र सुरक्षा पुनर्स्थापित गर्ने दिशामा यो पहिलो महत्त्वपूर्ण कदम हो।’

साथै दुवै देशका सैन्य कमान्डरहरूले मंगलबार बिहान ७ बजे अनौपचारिक बैठक गर्ने सहमति पनि भएको छ।

यसपछि अगस्ट ४ मा आसियान अध्यक्षको नेतृत्वमा रक्षा संलग्नकहरूको बैठक हुने बीबीसीले जनाएको छ।

यसअघि शनिबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देश तुरुन्तै युद्धविराम गर्न वार्ताका लागि तयार रहेको बताएका थिए। 

थाइल्यान्ड र कम्बोडियाबी जुलाई २४ देखि जारी लडाइँमा सैनिक र सर्वसाधारण गरी अहिलेसम्म कम्तीमा ३३  मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad