ग्लोबल


इरान र इजरायलबीच हानाहान

इरान र इजरायलबीच हानाहान

नेपालखबर
जेठ ३१, २०८२ शनिबार ६:१, काठमाडौँ

इरान र इजरायलबीच ड्रोन हानाहान भइरहेको छ। 

यस क्रममा गएराति इस्लामिक रिभोलुसनरी गार्डले विज्ञप्ति जारी गरी इजरायलमा ‘दर्जनौँ लक्ष्य, सैन्य सुविधा र हवाई अड्डा’मा आक्रमण गरेको बताएको छ।

विज्ञप्तिअनुसार, इरानले यो अपरेसनलाई ‘ट्रु प्रोमिस ३’ नाम दिएको छ। यस अपरेसनको थप विवरण पछि जानकारी गराइने भनिएको छ।

यसैबीच, इजरायलको राष्ट्रिय एम्बुलेन्स सेवाले तेल अभिभ महानगरीय क्षेत्रमा कम्तीमा पाँच जना घाइते भएको बताएको छ।

यसअघि शुक्रबार बिहानै इजरायलले इरानमा हमला गरेको थियो।

जसमा इरानी सेनाको चेन अफ कमान्डको शीर्ष तहमा रहेका तीन जनरल मारिएका छन्। त्यस्तै इरानको आणविक कार्यक्रम विकास गर्नमा महत्त्वपूर्ण भूमिका खेलेका दुई वैज्ञानिक पनि मारिएका छन्।

त्यसपछि पनि इजरायलले शुक्रबार दिउँसो इरानमा पुन: हमला गरेको थियो। त्यसो त इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आवश्यक हुन्जेल आक्रमण जारी रहने बताइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad