अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिका विषयमा अमेरिकी संघीय पुनरावेदन अदालतले म्यानहट्टनस्थित अन्तर्राष्ट्रिय व्यापार अदालतको आदेशलाई रोक लगाएको छ।
यसअघि अन्तर्राष्ट्रिय व्यापार अदालतले बुधबार ट्रम्पले ठूलो मात्रामा विभिन्न देशमा लगाएको भन्सार शुल्कमा रोक लगाएको थियो।
त्यसविरुद्ध ट्रम्प प्रशासनले गरेको अपिलमा सुनुवाइ गर्दै अमेरिकी संघीय पुनरावेदन अदालतले सुनुवाइ जारी रहँदासम्म लागु आयात कर संकलन जारी राख्न सक्ने अन्तरिम आदेश दिएको हो।
पुनरावेदनमा ट्रम्प प्रशासनले यसअघि अन्तर्राष्ट्रिय व्यापार अदालतले गरेको निर्णयले महिनौँदेखि चलिरहेको व्यापार वार्ता असफल हुने जोखिम सिर्जना गरेको उल्लेख गरेको छ।
ट्रम्प प्रशासनले भनेको छ, ‘विदेश नीति र आर्थिक नीति अदालतले होइन, राजनीतिक शाखाले बनाउँछन्।’
यस मुद्दाको अर्को सुनुवाइ जुन ५ मा हुने बीबीसीले जनाएको छ।
Shares

प्रतिक्रिया