अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको कडा आलोचना गरिरहेका छन्।
केही दिनअघि मात्र पुटिनलाई पागलको संज्ञा दिएका ट्रम्पले फेरि उनी आगोसँग खेलिरहेको टिप्पणी गरिरहेका हुन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘भ्लादिमिर पुटिनलाई थाहा छैन सायद म (राष्ट्रपति) नभएको भए रुसमा धेरै नराम्रा कुरा हुने थिए र मेरो मतलब साँच्चै नराम्रा। उनी आगोसँग खेलिरहेका छन्।’
युक्रेनमा रुसले निरन्तर बमबारी गरेपछि ट्रम्प लागि पुटिनसँग रिसाएका हुन्।
375
Shares

प्रतिक्रिया