ग्लोबल


युक्रेन र रुसबीच अहिलेसम्मकै ठूलो संख्यामा कैदी आदानप्रदान

युक्रेन र रुसबीच अहिलेसम्मकै ठूलो संख्यामा कैदी आदानप्रदान

२४ फेब्रुअरी २०२२ मा रुसले युक्रेनविरुद्ध युद्ध सुरु गरेको हो।


नेपालखबर
जेठ १०, २०८२ शनिबार ४:५७, काठमाडौँ

२०२२ मा युद्ध सुरु भएयता युक्रेन र रुसबीच अहिलेसम्मकै ठूलो संख्यामा कैदी आदानप्रदान भएको छ।

बीबीसीका अनुसार दुवै देशले गरी ३९० जना सैनिक र सर्वसाधारण एकअर्कालाई हस्तान्तरण गरेका हुन्।

एक हप्ताअघि टर्कीमा भएको प्रत्यक्ष वार्तामा भएको एकमात्र सम्झौताअन्तर्गत दुई देशले बेलारुससँगको युक्रेनी सीमामा २७० सैनिक र १२० सर्वसाधारण एकअर्कालाई फिर्ता गरेका हुन्।

बीबीसीका अनुसार दुवै पक्षले १,००० कैदी आदानप्रदान गर्न सहमति जनाएका छन् र आगामी दिनमा थप आदानप्रदान हुने पुष्टि गरेका छन्।

यद्यपि यसअघि पनि उनीहरूले धेरैपटक सानो संख्यामा  कैदी आदानप्रदान गरेका छन्, तर यति धेरै नागरिक रिहा गरिएको यो पहिलोपटक हो। 

रुसको रक्षा मन्त्रालयले हस्तान्तरण गरिएका सैनिक र सर्वसाधारणमा हालैका महिनामा युक्रेनी आक्रमणका क्रममा रुसको कुर्स्क सीमा क्षेत्रमा युक्रेनी सेनाले कब्जा गरेका व्यक्ति पनि रहेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad