ग्लोबल


बंगलादेशको अन्तरिम सरकार प्रमुखबाट राजीनामा दिने मुडमा मोहम्मद युनुस

बंगलादेशको अन्तरिम सरकार प्रमुखबाट राजीनामा दिने मुडमा मोहम्मद युनुस

बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस


नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १०:०, काठमाडौँ

बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पदबाट राजीनामा दिने विचार गरिरहेको खबर सार्वजनिक भएको छ। 

यो कुरा विद्यार्थी नेता तथा राष्ट्रिय नागरिक पार्टीका संयोजक नाहिद इस्लामले मोहम्मद युनुसलाई निवासमै पुगेर भेटवार्ता गरेपछि बताएका हुन्। 

इस्लामले बीबीसी बंगलासँग भनेका छन्, ‘देशको वर्तमान अवस्थाका कारण हामीले सरको राजीनामाको खबर सुनिरहेका थियौँ। प्रमुख सल्लाहकारले देशको वर्तमान अवस्थामा काम गर्न नसक्ने चिन्ता व्यक्त गरेका छन्।’

उनले अगाडि भनेका छन्, ’उहाँले भन्नुभयो- राजनीतिक दलबाट कुनै आश्वासन पाइन्न भने म राजीनामा दिनबाट किन रोकिने? आन्दोलन जुन तरिकाले चलिरहेको छ वा मलाई जसरी बन्धक बनाइएको छ। म यसरी काम गर्न सक्दिनँ।’

यसअघि मोहम्मद युनुसले ढाकामा भएको सल्लाहकार परिषद्को बैठकमा देशको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

बिहीबार नै बंगलादेश राष्ट्रवादी पार्टीले अन्तरिम सरकारका दुई सल्लाहकार महफुज आलम र आसिफ महमुद र राष्ट्रिय सुरक्षा सल्लाहकार खलिलुर रहमानको राजीनामा वा बर्खास्तको माग गरेको थियो।

बंगलादेशमा सरकारी जागिरमा आरक्षणविरुद्ध विद्यार्थीहरू गरेको विशाल आन्दोलन चर्किएपछि गत वर्ष अगस्ट ५ मा प्रधानमन्त्री शेख हसिना १५ वर्षदेखिको सत्ता त्याग्दै देशै छाडेर भारत भाग्न बाध्य भइन्। अहिले उनी भारतकै शरणमा छिन्। 

उनी भागेको ३ दिनपछि बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad