भारत र पाकिस्तानबीच शनिबार साँझदेखि सुरु भएको युद्धविरामको सहमति सबैतिर लागू नभएको देखिएको छ। कस्मिरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले विस्फोटको आवाज सुनिएको बताएका छन्।
‘युद्धविराम के भयो? श्रीनगरभरि विस्फोटको आवाज सुनिन्छ!’ उनले लेखेका छन्।
कस्मिरमा रहेको पत्रकारहरुले पनि विस्फोटको आवाज सुनिएको र भारतको हवाइ प्रतिरोधी प्रणाली सक्रिय भएको बताएका छन्।
रात परेपछि स्थानीयहरुले पनि अनेकौँ विस्फोटको आवाज सुनेको पुष्टि गरेका छन्।
यसले परम्परागत दुई शत्रुबीचको युद्धविराम सम्झौता कायम गर्न कठिन हुने देखिएको छ। एजेन्सी
789
Shares

प्रतिक्रिया