पाकिस्तानले देशभर २५ वटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ।
घटनामा ४ सैनिक घाइते भएको र एक नागरिकको मृत्यु भएको पाकिस्तानले बताएको छ।
यसलाई उसले नयाँ दिल्लीले गरेको ‘गम्भीर उत्तेजना’का रूपमा व्याख्या गरेको छ।
पाकिस्तानी सेनाले जारी गरेको छुट्टै विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तानका विभिन्न क्षेत्रबाट इजरायल-निर्मित हारोप ड्रोनका भग्नावशेष बरामद भइरहेका छन्।’
यसअघि पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले बुधबार रातिदेखि बिहीबारसम्म पाकिस्तानभरि १२ वटा हारोप ड्रोन खसालिएको दाबी गरेका थिए।
तर यसलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसिकएको सीएनएनले उल्लेख गरेको छ।
996
Shares

प्रतिक्रिया