भारतले पाकिस्तानमाथि मंगलबार राति सैन्य कारबाही गरेसँगै गलत सूचनाको बाढी चल्यो। एकले अर्कोलाई कमजोर देखाउन अनेक दाबी र प्रतिदाबी चले।
यही क्रममा पाकिस्तानले पाँचवटा भारतीय लडाकु विमान खसाएको दाबी गर्यो। तर, भारतीय अधिकारीहरूले त्यसको पुष्टि गरेनन्।
एक उच्च पदस्थ फ्रान्सेली गुप्तचर अधिकारीले सीएनएनसँग आफूले भारतलाई बेचेको एउटा राफेल विमान पाकिस्तानले खसाएको पुष्टि गरेका छन्। लडाइँमा सो अत्याधुनिक विमान खसेको यो पहिलो घटना हो।
यद्यपि, औपचारिक रुपमा फ्रान्सले यसबारे केही बताएको छैन।
सामाजिक सञ्जालमा भारत प्रशासित कस्मिरमा खसेको सो विमानको एउटा हिस्सा भाइरल पनि भएको छ।
पाकिस्तानले भने तीनवटा राफेलसहित ५ वटा विमान खसाएको दाबी गरेको थियो।
फ्रान्सेली कम्पनीले बनाएको विमान भारतले यसअघि ३६ वटा किनेको थियो। थप २६ वटा किन्ने सम्झौता पनि भइसकेको छ। एजेन्सी
Shares

प्रतिक्रिया