पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच बढिरहेको विवादबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आज (मे ५) बैठक राख्दै छ।
समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार सुरक्षा परिषद्ले पाकिस्तान र भारतबीचको वर्तमान अवस्थाबारे 'बन्द कोठा'मा छलफल गर्नेछ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्मा हुने बन्द ढोकाको छलफल सार्वजनिक गरिँदैन।
आइतबार पाकिस्तानको विदेश मन्त्रालयले पहलगाम आक्रमणपछि यस क्षेत्रमा भएका पछिल्ला घटनाक्रमबारे संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई जानकारी गराउने निर्णय गरेको बताएको छ।
विज्ञप्तिमा भनिएको छ- पाकिस्तानका विदेशमन्त्री इशाक दारले संयुक्त राष्ट्र संघका लागि पाकिस्तानका स्थायी प्रतिनिधि राजदूत असिम इफ्तिखारलाई सुरक्षा परिषद्को बैठक बोलाउन निर्देशन दिएका छन्।
अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा आतंककारीहरूले २६ जनाको हत्या गरे, जुन २०१९ मा पुलवामा भएको आक्रमणपछि सबैभन्दा घातक हमला हो।
Shares

प्रतिक्रिया