चुनाव जितेपछि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले शुक्रबार पहिलोपटक पत्रकार सम्मेलन गरेका छन्।
बीबीसीका अनुसार यस क्रममा उनलाई सोधियो- डोनाल्ड ट्रम्पले हालैको फोन वार्तामा क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने कुरा दोहोर्याए?
जुन कुरा ट्रम्पले हालैका महिनामा धेरैपटक भनेका छन्।
जवाफमा कार्नीले भने, 'होइन, उनले त्यसो गरेनन्, बरु भने- हामीले चाहेको कुरा र वास्तविकतामा फरक छ।'
उनले क्यानडा कुनै पनि हालतमा अमेरिकाको ५१औँ राज्य नबन्ने बताए।
कार्नीले ट्रम्पलाई भेट्दा कुनै पनि प्रकारको बहाना नगर्ने र क्यानडाको हितका लागि लड्नु आफ्नो प्राथमिकता हुने पनि बताए।
1.3k
Shares

प्रतिक्रिया