ग्लोबल


पहलगाममा मारिएका भारतीय सेनाकी पत्नी भन्छिन्: मुस्लिमविरुद्ध होइन, दोषीलाई मात्र सजाय

पहलगाममा मारिएका भारतीय सेनाकी पत्नी भन्छिन्: मुस्लिमविरुद्ध होइन, दोषीलाई मात्र सजाय

नेपालखबर
बैशाख १८, २०८२ बिहिबार २०:६, काठमाडौँ

२२ अप्रिल, २०२५ मा पहलगाम, जम्मु-कश्मीरमा भएको हमलामा मारिएका भारतीय नौसेनाका लेफ्टिनेन्ट विनय नरवालकी पत्नीले आफू मुस्लिम समुदायविरुद्ध नै कारबाही गरिनुपर्छ भन्ने पक्षमा नरहेको बताएकी छन्।

बिहे गरेको एक हप्तामै पति गुमाएकी हिमांशी नरवालले जो दोषी हो, उसैलाई मात्र सजाय दिइनुपर्ने धारणा राखेकी हुन्।

बहीबार कर्नालमा रक्तदान गर्न हिमांशीले एएनआईसँग कुरा गर्दै भनिन्, 'हामी मानिसहरू मुस्लिम वा कस्मिरीहरूको विरुद्धमा जाऊन् भन्ने चाहँदैनौँ। हामी शान्ति चाहन्छौँ। अवश्य पनि हामी न्याय चाहन्छौँ, जसले गल्ती गरेका छन् उनीहरूलाई सजाय दिइनुपर्छ।'

पत्रकारहरूको प्रश्नमा उनले आफूले पनि देशको सेवा गर्ने बाटो रोज्ने बताइन्।

२६ वर्षीय भारतीय नौसेना लेफ्टिनेन्ट विनय नरवाल र उनीबीच यही अप्रिल १६ मा विवाह भएको थियो।

हनिमुन मनाउन भनी अप्रिल २१ का दिन पर्यटकीय स्थल पहलगाम पुगेका उनीहरूमध्ये विनय भोलिपल्ट आतंककारीबाट मारिए।

हरियाणाको कर्नाल जिल्लाका विनय दुई वर्षअघि मात्र नौसेनामा भर्ना भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad