पन्जाबमा चरमपन्थी आक्रमणको योजना बनाएको आरोपमा एक भारतीय व्यक्तिलाई अमेरिकामा पक्राउ गरिएको छ।
शुक्रबार संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले हरप्रीत सिंहलाई स्याक्रामेन्टोमा एफबीआईसँग मिलेर इन्फोर्समेन्ट एन्ड रिमुभल अपरेसन (ईआरओ) ले पक्राउ गरेको बताएको छ।
एफबीआईले हरप्रीत सिंहको दुई अन्तर्राष्ट्रिय आतंकवादी संगठनसँग सम्बन्ध रहेको र उनी अवैध रूपमा अमेरिका प्रवेश गरेको दाबी गरेको छ। एफबीआईका अनुसार सिंहले पक्राउबाट बच्न बर्नर फोन प्रयोग गरिरहेका थिए।
हाल हरप्रीत सिंह हिरासतमा छन् र उनले आरोपमा कुनै टिप्पणी गरेका छैनन्।
एफबीआईले एक्समा गरेको पोस्टमा सिंहलाई ‘भारतको पन्जाबमा भएको आतंकवादी हमलाका लागि जिम्मेवार’ भनेको छ।
सिंहको अर्को नाम ह्याप्पी पासिया हो। सन् २०२४ मा चण्डीगढको एक घरमा भएको ग्रेनेड आक्रमण घटनामा भारतीय अनुसन्धान अधिकारीहरूले उनलाई खोजिरहेका छन्।
यस वर्षको जनवरीमा राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले हरप्रीत सिंहबारे जानकारी दिनेलाई पनि ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो।
Shares

प्रतिक्रिया