ग्लोबल


पाकिस्तानमा केएफसीविरुद्धको प्रदर्शन हिंसात्मक, १७० भन्दा बढी पक्राउ

पाकिस्तानमा केएफसीविरुद्धको प्रदर्शन हिंसात्मक, १७० भन्दा बढी पक्राउ

नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार १९:५८, काठमाडौँ

पाकिस्तानका विभिन्न सहरहरूमा पछिल्ला केही दिनमा अन्तर्राष्ट्रिय फुड चेन केएफसीविरुद्ध प्रदर्शनका क्रममा भएका हिंसामा संलग्न आरोपमा १७० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, प्रहरीले कराँची, लाहोर र इस्लामाबादजस्ता प्रमुख पाकिस्तानी सहररूमा कम्तीमा ११ घटना पुष्टि गरेको छ, जसमा लाठी बोकेका प्रदर्शनकारीहरूले केएफसीका धेरै शाखामा आक्रमण र तोडफोड गरेका थिए।

अधिकारीहरूका अनुसार आक्रमणमा संलग्न भएको आरोपमा कम्तीमा १७८ जनालाई पक्राउ गरिएको छ।

बीबीसी उर्दुका अनुसार यो प्रदर्शन गाजामा भएको युद्धका कारण इजरायलसँग सम्बन्धित सबै सामान र कम्पनीहरूको बहिष्कार गर्न आह्वान गरिएको अन्तर्राष्ट्रिय अभियानबाट प्रेरित छ।

अर्कातर्फ केएफसी र यसको अमेरिकी मूल कम्पनी यम ब्रान्ड्सले यस विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad