ग्रिसको मध्य एथेन्सस्थित एक कम्पनीको कार्यालयनजिकै शुक्रबार राति विस्फोट भएको छ।
यो विस्फोट ग्रिक रेलवे कम्पनी 'हेलेनिक ट्रेन'को कार्यालय नजिकै भएको बीबीसीले जनाएको छ।
विस्फोटको सीसीटीभी फुटेजमा एउटा झोला विस्फोट भएको देखिन्छ।
झोला शुक्रबार राति हेलेनिक ट्रेन कार्यालय बाहिर छाडिएको थियो।
अहिलेसम्म कसैको मृत्यु वा घाइते भएको कुनै रिपोर्ट छैन।
प्रहरीले दुई स्थानीय समाचार संस्थालाई अज्ञात फोनमार्फत आक्रमणबारे चेतावनी दिइएको बताएको छ।
यस विषयमा अनुसन्धान जारी छ।
30
Shares

प्रतिक्रिया