ग्लोबल


बिहारमा कंग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, कन्हैया कुमार गिरफ्तार

बिहारमा  कंग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, कन्हैया कुमार गिरफ्तार

बिहारमा १६ मार्चदेखि जारी कन्हैया कुमारको ‘पलायन रोक, रोजगारी देऊ यात्रा’को आज (अप्रिल ११) अन्तिम दिन थियो।


नेपालखबर
चैत २९, २०८१ शुक्रबार १७:५१, काठमाडौँ

बिहारको पटनामा भारतीय कंग्रेसको ‘पलायन रोक, रोजगारी देऊ यात्रा’का क्रममा शुक्रबार प्रहरीले नेता कन्हैया कुमारसहित पार्टी कार्यकर्ताहरूलाई हिरासतमा लिएको छ।

कंग्रेसको र्‍याली बिहारका मुख्यमन्त्री नितिश कुमारको निवासतर्फ अघि बढ्दै गर्दा कंग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

र्‍यालीका क्रममा प्रहरीले कंग्रेस कार्यकर्तालाई लाठीचार्ज गर्नुका साथै पानीको फोहोराले हानेको थियो।

यसैबीच कन्हैयाले बीबीसी हिन्दीसँग भनेका छन्, ‘हाम्रो रोजगारी यात्रा टुंगिएको छैन, बरु यो पहिलो चरण हो, जसमा हामी रोजगारीको मुद्दालाई केन्द्रमा ल्याउन सफल भएका छौँ।’

पटनामा कन्हैया कुमार मुख्यमन्त्री नितिश कुमारलाई ज्ञापनपत्र बुझाउन कंग्रेसको कार्यालय सदकत आश्रमबाट निस्केका थिए। उनको यो यात्रामा कंग्रेस नेता सचिन पायलट, सुप्रिया श्रीनेटलगायत धेरै नेता सामेल थिए।

हिरासतमा परेपछि कन्हैया कुमारले पत्रकारूसँग भने, ‘हामीले पानीको तोप मागेका होइनौँ, हामी पानी हाम्रो धारामा आओस् भन्ने चाहन्छौँ।’

उनले थपे, ‘सरकार धारामा पानी दिँदैन, विद्यार्थी र युवामाथि खन्याउँछ।’

कार्यक्रमका थप तस्बिर:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad