ग्लोबल


जेलेन्स्की भन्छन्: १५० ड्रोनले आक्रमण गर्‍यो, रुसविरुद्ध थप कडा प्रतिबन्ध लगाऊँ

जेलेन्स्की भन्छन्: १५० ड्रोनले आक्रमण गर्‍यो, रुसविरुद्ध थप कडा प्रतिबन्ध लगाऊँ

आक्रमणपछि युक्रेनमा ध्वस्त भएको भवन र जेलेन्स्कीको फाइल तस्बिर


नेपालखबर
चैत १०, २०८१ आइतबार १८:५२, काठमाडौँ

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार राति रुसले लगभग १५० ड्रोनले युक्रेनमा आक्रमण गरेको दाबी गरेका छन्।

उनले आफ्नो एक्स ह्यान्डलमा आक्रमणबारे जानकारी दिँदै रुसविरुद्ध थप कडा प्रतिबन्ध लगाउन माग गरेका छन्।

जेलेन्स्कीले लेखेका छन्, ‘हिजो राति रुसले युक्रेनमा लगभग १५० ड्रोनले आक्रमण गर्‍यो। यस आक्रमणमा किएभमा तीन जनाको ज्यान गएको छ, जसमा एक बुबा र उनकी ५ वर्षीया छोरी पनि छन्। आक्रमणमा हालसम्म एक बच्चासहित दस जना घाइते भएका छन्।’

‘आक्रमणका कारण जापोरिजियामा पनि तीन जनाको मृत्यु भएको छ, जसमा एकै परिवारका तीन जना छन्। मृतकका परिवारप्रति मेरो समवेदना छ।’

जेलेन्स्कीले रुसबाट हुने आक्रमण दैनिक घटना बनेको उल्लेख गरेका छन्।

उनले रुसले यस हप्ता युक्रेनमा १,५८० भन्दा बढी गाइडेड बम, लगभग १,१०० ड्रोन र १५ वटा मिसाइल प्रहार गरेको बताएका छन्।

आफ्नो पोस्टमा उनले लेखेका छन्, ‘त्यसैले रुसी आतंककारीहरूविरुद्धको प्रतिबन्धलाई अझ प्रभावकारी बनाउनुपर्छ। प्रतिबन्धको असरबाट बच्न सक्ने हरेक बाटा बन्द गर्नुपर्छ। उसविरुद्ध थप थप दबाब दिनुपर्छ र युद्ध रोक्न नयाँ निर्णय लिन आवश्यक छ।’

यसअघि रुसी रक्षा मन्त्रालयले करिब ६० आक्रमणकारी युक्रेनी ड्रोनलाई निशाना बनाएको दाबी गरेको थियो। रक्षा मन्त्रालयका अनुसार यीमध्ये धेरैजसो दक्षिणी रोस्तोभ क्षेत्रमा खसालिएका थिए।

यसैबीच रोस्तोभका गभर्नरले एउटा ड्रोन कारमा खसेको बताएका छन्। जसका कारण कारमा आगो लागेको र एक जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad