ग्लोबल


हवाई हमलापछि गाजामा इजरायलको स्थलगत आक्रमण तीव्र

हवाई हमलापछि गाजामा इजरायलको स्थलगत आक्रमण तीव्र

नेपालखबर
चैत ७, २०८१ बिहिबार ८:३९, काठमाडौँ

हवाई आक्रमणपछि इजरायलले गाजामा स्थलगत कारबाही तीव्र पारेको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दुई दिनमा इजरायली आक्रमणमा ४३० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको जनाएको छ।

इजरायल रक्षा बल (आईडीएफ) ले आफ्ना सेना गाजा पट्टीलाई उत्तर र पश्चिममा विभाजन गर्ने नेत्जारिम करिडोरमा पुगेको बताएको छ।

गाजामा भएका नयाँ आक्रमणले इजरायल र हमासबीच जनवरी १९ देखि लागू युद्धविराम अन्त्य भएको संकेत गरेको छ। 

यसअघि संयुक्त राष्ट्रसंघले डेर अल-बलाहस्थित आफ्नो परिसरमा भएको विस्फोटमा संयुक्त राष्ट्रसंघका एक कर्मचारीसहित दुई जनाको मृत्यु भएको बताएको थियो।

इजरायली विदेश मन्त्रालयका प्रवक्ताले अनुसन्धान सुरु गरिने बताए तर इजरायल जिम्मेवार नभएको बताए।

बुधबार भिडिओ सन्देश जारी गरी इजरायली रक्षामन्त्री इजरायल काट्जले प्यालेस्टिनी भूभागलाई ‘अन्तिम चेतावनी’ दिएका छन् र त्यहाँ राखिएका बाँकी सबै बन्धकलाई फिर्ता गर्न माग गरेका छन्। 

इजरायलले हमासले अझै पनि ५९ जनालाई बन्धक बनाएको बताएको छ, जसमध्ये २४ जना जीवित रहेको अनुमान गरिएको छ।

मंगलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले गाजा पट्टीमा हमासविरुद्ध पूर्ण शक्तिका साथ युद्ध पुनः सुरु गरेको बताएका छन्।

भिडिओ सन्देश जारी गर्दै उनले यो त सुरुवात मात्र हो भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad