ग्लोबल


१७८ जना सवार अमेरिकी विमानमा आगलागी (भिडिओ)

१७८ जना सवार अमेरिकी विमानमा आगलागी (भिडिओ)

दुर्घटनास्थल


नेपालखबर
चैत १, २०८१ शुक्रबार ९:५५, काठमाडौँ

अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानमा आगलागी भएको छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहीबार साँझ १७२ यात्रु र चालक दलका ६ सदस्य रहेको उडान १००६ सुरक्षित अवतरण गरिसकेपछि आगलागी भएको हो। 

तर विमानसका सबै जनालाई तुरुन्तै बाहिर निकालिएकाले कुनै अप्रिय घटना हुन नपाएको अधिकारीहरूले बताएका छन्। 

इन्जिनमा समस्या आएका कारण आगो लागेको उनीहरूको भनाइ छ। आगलागी हुँदा विमानस्थलमा बाक्लो कालो धुवाँ निस्किएको थियो।

विमानस्थलका अधिकारीहरूले आगलागी नियन्त्रणमा लिइसकेको र मानवीय क्षति नभएको बताएका छन्। 

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad