रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोवले रुस र अमेरिकाका कूटनीतिज्ञहरुबीच बिहीबार इस्तानबुलमा वार्ता हुने बताएका छन्।
कतारमा आयोजित पत्रकार सम्मेलनमा लाभ्रोवले सो वार्तामा दुई देशका दूतावास सञ्चालनमा रहेका समस्याबारे छलफल हुने जानकारी दिए।
केही समयपछि डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको वार्ताको सम्भावना रहेको बताइएको छ। यद्यपि, यसको मिति तय भएको छैन।
लाभ्रोवले पत्रकार सम्मेलनमा युक्रेनमा नेटो मुलुकका शान्ति सैनिक लैजान सम्भव नहुने पनि प्रष्ट पारे। युरोपेली मुलुकका शान्ति सैनिक युक्रेनमा खटाउने कुरा द्वन्द्व चर्काउने उदेश्यले गरिएको उनको भनाइ छ।
हालै बेलायत र फ्रान्सले शान्ति सेनाका रुपमा आफ्ना सैनिक युक्रेनमा खटिन तयार रहेको बताएका थिए। एजेन्सी
288
Shares

प्रतिक्रिया